कार्तिक २५, २०७३- भनिन्छ, शंका गर्ने बिरामीको कुनै ईलाज नै छैन । के तपाईलाई आफ्नै परिवार, नाता कुटुम्ब या साथीभाईहरु माथि बिनाकारण नै – आफ्नो खिलाफ कुनै षडयन्त्र गरेको शंका हुन्छ या तपाईको अनेपक्षित व्यवहारबाट तपाईका आफन्तहरु बारम्बार प्रताडित हुने गर्दछन्? अथवा शंका गर्नाले तपाईको पारिवारीक जीवनमा कलह भइरहन्छ ? यदि तपाईको जवाफ “हो” भन्नै छभने तपाईले बेलैमा सतर्क हुनु पर्छ । किनभने तपाईलाई – कुनै भूत-प्रेत लागेको होईन बल्की एक प्रकारको मानसिक रोगको शिकार भएको हुनुपर्छ वा हुनसक्ने संभावना छ ।
जुनरोगमा ब्याक्तिको स्वभाव एवं व्यबहारमा अस्वभाविक परिवर्तनको लक्षंण उत्पन्न हुन थाल्छ । यस लाई 'पेरानाईया' वा 'पर्सानालिटी डिसअर्डर' भनिन्छ । यस्ता रोगिहरु भूत- प्रेत बाधमा होइन बल्की कल्पना मा वास्तविक जीवनको खोजि गर्छन् । हुनत यस्ता रोगीहरु सामान्य जीवन बिताउछन् । तर, यस रोगको पहिचान गर्न कठिन हुन्छ । यसैकारण यिनीहरु स्वयंलाई या यिनीहरु सगं सम्बन्धित ब्यक्तिहरुलाई पनि धैरेपटक यिनीहरुको ब्यवहारले हैरानीको सामना गर्नुपर्ने हुन्छ । यो एक प्रकारको मानसिकरोग हो । जसमा ब्यक्तिको संबेदनशीलता बढ्न जान्छ । जसले गर्दा उसमा भावनात्मक एवं बैचारिक उन्माद (पागलपन) को स्थिति उतपन्न हुन थाल्छ । जुन सुरु-शुरुमा त प्रत्येक कुरामा या ब्यक्तिमाथि शंका गर्ने बानीको रुपमा शुरु हुन्छ । उसको ब्यक्तित्वमा स्वभाविक वा ब्यवहारिक दोष उत्पन्न हुन थाल्छ । रोगको पूर्ण विकसित अवस्थामा ब्यक्तिआफु भित्र कुनै पारलौकिक या काल्पनिक चरित्रलाई ब्यवहारिकरुपमा जीवन्त गर्न सक्छ । यसको पहिचान गर्न कठिन हुन जान्छ । सामान्यरुपमा महिलालाई पुरुषको तुलनामा यस रोगको शिकार बढी हुने गर्दछन् ।
पैरोनाइया रोगीको पहिचान:-
यस्ता ब्यक्तिहरुमा आत्मबिश्वासको एकदमै कमि हुन्छ । तर, आफ्नो योग्यतामाथी भने अतिबिश्वास हुने कारणले गर्दा – मुडि, हठी, संबेदनशील, परस्पर बिरोधिभाषी भाव बिचार व बदलिदो ब्यवहारको कारण अस्थिर मुड, अतिशंकालु, ईर्षालु, अवसादग्रस्त तथा हिनभावनाले ग्रसित भएका हुन्छन । यिनीहरुले न त कुनै प्रकार को बिरोध सहन सक्छन् । नत आफुले गरेको गल्तीलाई नै स्वीकार गर्छन् । यहाँसम्म कि आफुले गरेको गल्तीको लागि पनि दोष अरुलाई नै दिने गर्दछन् । यस्तो अवस्थामा या त रोगीले एकदमै आक्रामक एवं अपशब्द भाषा वा अभद्र ब्यवहारको प्रदर्शन गर्दछन् या करुणा क्रन्दनको । मेडिकल साईन्समा पैरोनाईया रोगको कुनै ठोस कारण हालसम्म पत्ता लागेको छैन । तर, पनि मनोचिकित्सक, मनोविद्हरुको भनाइअनुसार ब्यक्तिको पूर्वजहरुको ईतिहासमा या वाल्यवस्थाको कुनै अप्रिय घटना, तनावपूर्ण सम्बन्ध, चिन्ता, अवशाद आदि यसका संभावित कारणहरु हुन् ।

प्रकार :-
सामान्यतया यो मानसिकरोग निम्न प्रकारको देखिन्छ : (१) सुधारात्मक पेरोनाईया:- यसमा रोगीलाई यस्तो लाग्छ कि यो संसार नैतिक, सामाजिक, राजनैतिक,आर्थिक दृष्टीकोणले पतन भईसकेको छ या हुने वाला छ । उ एकमात्र सुधारक हो । यस्ता रोगीमा आत्मनिरिक्षणको शक्ति हुँदैन । आफुलाई महानब्याक्ति, महामानव, पुरुषोतम् आदि सम्झिन्छन् । (२) रोगात्मक पैरोनाईया :- रोगीलाई शंका हुन्छ कि उसको स्वास्थ्य दिन प्रतिदिन खराब हुँदै गईरहेको छ । उ आफुलाई कुनै असाध्यरोग (क्रोनिकडिजिज) जस्तै केन्सर, एड्स आदि रोगको शिकार भएको ठान्दछ । (३) डाही पैरोनाईया:- यसको रोगी ईषालु किसिमको हुन्छ, कसैमाथि पनि बिश्वास गर्दैन, पति होस् या पत्नी । (४) धार्मिक पैरानोईया:- यसमा रोगीले आफुलाई ईश्वर, ब्रह्मा आदिको एक मात्र पुत्र ठान्दछ । उसले जतिबेला पनि चाहेभने ईश्वरसंग भेट गर्दछ र कुराकानी गर्दछ । (५) कामवासनात्मक पैरानोईया:- रोगीमा कामवासना प्रचुर मात्रामा हुन्छ । जसको फलस्वरुप उ सोच्न थाल्छ कि अमुक ब्यक्तिले मलाई चाहन्छ। तर मानिसहरुको डरले वा लोक-लाजले गर्दा भेटन सकिरहेको छैन । (६) विवादात्मक पैरोनोईया:- यसमा रोगीको समय अधिकतर बादबिवाद र झै-झगडामा नै बित्ने गर्दछ । उसलाई यस्तो लाग्छ कि मानिसहरुले मलाई परेसान गरिरहेका छन् । फलस्वरुप झगडा बादबिवाद हुनु सामान्य कुरो भईहाल्छ । (६) पिडात्मक पैरोनोईया:- यसमा रोगीले संसार भरिका मानिसहरुलाई आफ्नो शत्रु सम्झिन्छ। सबैले उसलाई पीडा कष्ट दिन चाहन्छन् । यस किसिमको भावना रोगीमा बराबर भईरहन्छ । जसको फलस्वरुप कहिले काही रोगी आक्रमक पनि भईहाल्छ । यहाँसम्म कि आफ्नो सबै भन्दा ठुलो शत्रुको हत्या पनि गर्नसक्छ।

जोखिम :- प्रायगरी बारम्बार उपेक्षित, प्रताडित, प्रेम, प्रोत्साहन, प्रसंशाको अभाव वा तुलना, दवाव, भयको माहोलमा हुर्केको अथवा नशाको लत वा समाजबाट बिरक्त भएर एकांकी जीवन बिताउनेहरुको परिवारमा हुर्केका केटा-केटीहरुको दिमागमा दुनियाँ या समाजको एक काल्पनिक चित्र बन्न जान्छ । जसलाई उनीहरु एउटा आदर्शको रुपमा मान्दछन्। तर, जव उनीहरुको सामना वास्बिकतासगं हुन्छ, त्यसबेला उनीहरुको मन, मस्तिष्कले यसकुरालाई स्वीकार गर्दैनन् । यसबीचको परिस्थितिहरु यसका रोगीको मानसिक परिवर्तनको लागि उतरदायी हुनसक्छ । किनभने उसको समाजप्रति आफ्नै किसिम मापदन्ड निर्धारित हुन्छ । यसकारण यिनीहरु कुनैपनि बिषेश परिवर्तनलाई स्वीकार गर्न सक्दैनन् । यसले गर्दा कयौ पटक उनीहरुको स्वभावमा उग्रता जो कलान्तरमा गएर यिनीहरुलाई डिप्रेशन (अबशाद) को स्थितिमा ल्याई पुराई दिन्छ । जसले गर्दा हत्या, हिसां वा आत्महत्या जस्ता घटनाहरु घटित् हुनसक्छ ।
प्रमुख लक्षणहरु:- यसको रोगी हाँसख्लमा रुचि राख्दैनन्, शंकालु, संबेदनशील तथा चिडचिडापन स्वभावको हुन्छ । आफ्नो हीत वा कल्याणमा लिन रहन्छन् । यति अहंकारी तथा आत्मकेन्द्रित हुन्छ कि उ आफ्नो सिमा र पराजयलाई स्वीकार गर्न चाहदैनन् । अन्तमा उ आफ्नो आन्तरिक ईच्छाको संतुष्टिको लागि आफैप्रति मोह उत्पन्न गर्दछ । कसैमाथि बिश्वास न गर्नु । शंका गर्नु, आफ्न्तहरुबाट नै आफ्नो खिलाफ षडयन्त्रको भय सधै भइरहनु । कसैलाई पनि आफ्नोबारेमा सही या पूर्णजानकारी नदिनु । स्वयंलाई धैरै जान्ने, आदर्श गुणले सम्पन्न ठान्नु, आफुमा अतिबिश्वास हुनु । जस्तै, उ आफुलाई सर्बशक्तिमान सम्झन्छ । प्रशिद्ध छ भन्ने लाग्दछ । मानिसहरुले उसको मान-सम्मान गर्नु पर्दछ । अदृष्य शक्तिसंग बार्तालाप गर्नु, मूर्खतापुर्ण हाँस्नु । हाँस्य बिषयमा गम्भिर हुनु । अपराधबोध , आत्मभिमान आदि हुनसक्छ ।
उपचार:- होमियोप्याथिमा कुनैपनि रोगको उपचार गर्दा चिकित्सा पूर्व रोगीको केशहिस्ट्रि लिंदा रोगिको मानसिक एवं शारीरिक लक्षणहरुको साथै उसको सम्पूर्ण ब्यक्तित्वको आंकलनलाई प्रमुखता दिईन्छ । यस्ता रोगीहरुमा उसको पारिवारिक ईतिहासको साथै पारिवारिक बाताबरण, बाल्यअवस्था, सामाजिकअवस्थाको बारेमा चिकित्सकले जान्नु अतिआवश्यक हुन्छ । सबैकुराको अध्ययन गरेपश्चात समष्टिगत लक्षणको आधारमा औषधिको चयनगरि एकल औषधि दिईने गरिन्छ । मानसिक लक्षणहरुलाई पहिलो प्रथमिकता दिईन्छ । रोगीको मानसिकस्तरको आधारमा औषधिको निर्धारण गरिन्छ । यही कारण हो कि होमियोप्याथी मा रोग एउटै भएपनि रोगी पिच्छे औषधि अलग-अलग हुनसक्छ । मानसिक लक्षणको साथै उसको ईच्छा- अनिच्छा, उसको प्रकृति (चिसो या गर्मी) उसको पारिवारिक ईतिहास, उसको खानपान, रहनसहन, यि सबै कुरामा बिषेशध्यान दिईन्छ । होमियोप्याथिक औषधिले रोगीको मुल क्षमता (भाईटलफोर्स) लाई प्रेरित गरि रोगीलाई पूर्णरुपले स्वस्थ्य बानाउनमा मद्दत गर्दछ । पेरोनाइया (शंका गर्ने) रोगबाट ग्रस्त रोगीहरुको उपचारमा सफलता पूर्वक प्रयोग हुने केही औषधीहरु निम्न लिखितछन । (१) एनाकार्डियम (२) स्ट्रामोनियम (३) हायोसायमस (४) केनाबिस ईन्डिका (५) क्रोकस सेटाईवा (६) पल्साटिला (७) नेट्रम म्युर (८) सिपिया (९) टेरेन्टुलाहिस्पानिया आदिको प्रयोग गरिन्छ । उपरोक्त औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै होमियोप्याथिक चिकित्सक को सल्लाह अनुसार प्रयोग गर्नु उचित हुन्छ ।
अस्तु ।
mishradr.lk@gmail.com
source:-kantipurअस्तु ।
mishradr.lk@gmail.com
EmoticonEmoticon